Logo
Logo

यस्ता छन् मन्त्रिपरिषद्का निर्णय


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनले निर्णय सार्वजनिक गरेका हुन् ।


सरकारले प्रदेश सरकारले बिदा दिएका बेला त्यहाँ रहेका संघीय सरकारका कार्यालयमा पनि सार्वजनिक बिदा हुने निर्णय गरेको छ । यसअघि संघका कार्यालयहरु भने खुल्ने गर्दथे । त्यस्तै साविकका क्षेत्रीय प्रशासन कार्यालयका सम्पति प्रदेश सरकारलाई दिने निर्णय भएको छ ।
विभिन्न हिमाली क्षेत्रका निषेधित क्षेत्रबारे थप प्रष्ट बनाइएको छ । ती क्षेत्रमा जान विदेशीले पहिले अनुमति लिनुपर्छ ।
सरकारले सहकारी नियमावली पारित गरेको छ । त्यस्तै सडक सुरक्षा बिधेयक तर्जुमा गर्न स्वीकृत दिएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्न बनेको बिधेयक पारित भएको मन्त्री बाँस्कोटाले बताए ।
पत्रकार सम्मेलनमा ललिता निवास प्रकरणमा पत्रकारले प्रश्न सोधेका थिए । जसमा मन्त्री बाँस्कोटाले दुई साता अघि नै सो जग्गा रोक्का राख्ने निर्णय गरिसकेको विषय सम्झाएका थिए । सो प्रकरणमा जो सुकै व्यक्ति भएपनि कारबाहीको भागिदार हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्