Logo
Logo

नक्कली जग्गा किन्नुभएछ, विष्णु पौडेल समेत ठगिएछन्ः सञ्चारमन्त्री बाँस्कोटा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ चैत ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपाका महासचिव विष्णु पौडेल वालुवाटारको ललितानिवास जग्गा प्रकरणमा ठगिएको बताएका छन् । ‘उहाँले नक्कली जग्गा किन्नुभएछ, त्यसकारण यसमा उहाँ पनि ठगिनुभएको छ ।’


सरकारले सो जग्गा रोक्का राखिसकेको उनले बताए । त्यसमा धेरै व्यक्ति पीडित समेत रहेको उनको भनाई छ ।
सो प्रकरणमा पौडेलको समेत संलग्नताको प्रश्न उठेपछि उनले यस्तो जवाफ दिएका हुन् । पौडेलले बुधबार नै यसबारे बिज्ञप्ती निकालेर प्रष्टिकरण दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्