Logo
Logo

बन्धक कि अनिर्णयको बन्दी


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको डिजाइनमा एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालसहितको टोलीले लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई दाङ तुल्सीपुरबाट अपहरणको शैलीमा बुटवल ल्याएर बन्धक बनाएको तथ्य खुलेको छ ।

नेकपा माओवादी संसदीय दलको मूल ब्यानरमा बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी वलीले आफूलाई १५ साउनदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा बन्धक बनाइराखेको बताउनुभयो । आफूले गत १९ वैशाखमै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको भन्दै उहाँले भन्नुभयो– ‘म माओवादी केन्द्रकी हो, माओवादीमै रहन्छु र छु ।’

यही १५ साउनमा नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल र दाङका स्थानीय नेता मानबहादुर राउत वलीको तुलसीपुरस्थित घरमा पुगेको उहाँले बताउनुभयो । उहाँहरूले एमालेमा आउन दबाब दिएको, तर आफूले यसअघि नै इन्कार गरेको वलीको भनाइ थियो । आफू उपचारका लागि नेपालगञ्ज जान लागेको बताएपछि प्रमुख सचेतक ढकालले ‘हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाऔं’ भनेकाले विश्वास गरेर गाडीमा बसेको वलीले बताउनुभयो ।’

तुलसीपुरबाट नेपालगञ्ज जानका लागि भन्दै महेन्द्र राजमार्गको अमिलिया पु¥याएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासि बुटवलतिर मोडेको भन्दै उहाँले भन्नुभयो– ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहेँ तर मेरो कुरा उहाँहरूले सुन्नुभएन । उहाँहरूले एकपटक मुख्यमन्त्री शंकर पोखरेललार्ई भेट्नुप¥यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवास बुटवलमा पुर्‍याइयो ।’, यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्