Logo
Logo

चुनाव केन्द्रित अभियान संञ्चालन गर्ने कर्णालीका माओवादी सांसदको निर्णय


दृष्टि संवाददाता


सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले चुनाव केन्द्रि हुने निर्णय गरेको छ ।

विहीबार झण्डै पाँच घण्टा बसेको दलको वैठकले चुनाव केन्द्रित कार्यक्रम तय गर्दै सोही अनुसारको तयारी अघि बढाउने निर्णय गरेको हो ।

स्थानीय तहको निर्वाचन, प्रदेशको उपनिर्वाचनलाई मध्यनजर गर्दै चुनाव केन्द्रित अभियान संञ्चालन गर्ने सो बैठकले निर्णय गरेको छ ।

प्रमुख सचेतक ठम्मर विष्टका अनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकले चालू आर्थिक वर्षको बजेटलाई सकेसम्म हरेक मतदातासम्म पु¥याउने, पार्टीको संगठनलाई चुस्त र दुरुस्त बनाउने र माओवादी नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार प्रसार गर्ने निर्णय भएको हो ।

सांसदहरुले आवश्यकता अनुसारका योजना हेर्ने, अनुगमन गर्ने र सोही अनुसारको आफ्नो निर्वाचन क्षेत्रमा भए गरेको काम कारवाहीबारे जानकारी लिइ दलको वैठकमा अवगत गराउने गरी विहीबारको वैठक भएको छ ।

प्रतिक्रिया दिनुहोस्