Logo
Logo

प्रधानमन्त्रीलाई आज कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउने


दृष्टि संवाददाता



काठमाडौैं । प्रधानमन्त्री शेरबहादुर देउवालाई आज (शुक्रबार) संयुक्त सरकारका साझा कार्यक्रम तय गर्न गठित कार्यदलले प्रतिवेदन बुझाउँदै छ ।

प्रधानमन्त्री देउवालाई कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रम समेटिएको प्रतिवेदन बुझाउन लागेको हो ।

कार्यदलका सदस्य सचिव केशवप्रसाद जोशीका अनुसार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरु पनि सहभागी हुने र त्यहीं प्रतिवेदन बुझाइने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले दुई साता लगाएर गठबन्धन सरकारले गर्नुपर्ने कामहरुको प्राथमिकीकरण गरेको कार्यदलका एक सदस्यको भनाई छ । सरकार सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले प्राथमिकता निर्धारण गरेको कार्यदलले जनाएको छ ।

कार्यदललमा कांग्रेसबाट संयोजक खड्कासहित डा मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षामान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्र यादव र राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्