Logo
Logo

भुटानबाट ल्याइयो अष्ट्राजेनेका खोप


दृष्टि संवाददाता


काठमाडौं । भुटान सरकारले नेपाललाई दिएको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल ल्याइएको छ ।

भुटानले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो । खोप ल्याएर आएको भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

भुटानले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो ।

खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार २१ बाकस खोप ल्याएको हो ।

‘ठ्याक्कै कति डोज आएको छ भन्ने कोल्ड चेनमा लगेर राख्दा थाहा हुन्छ,’ उनले भने, ‘परराष्ट्र मन्त्रालयले लगभग तीन लाख खोप आउने भनेको थियो।’

भुटानले दिएको खोप नेपाललाई पैंचो हो कि अनुदान भन्ने खुलेको छैन । भुटानबाट आएको खोप नेपालमा कोभिसिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका जेष्ठ नागरिकलाई दिइने खोप शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्