Logo
Logo

मेस्सी पीएसजीमा अनुबन्धित


दृष्टि संवाददाता


एजेन्सी । आइतबार मात्रै स्पेनिस फुटबल क्लब बार्सिलोनबाट बिदा भएका अर्जेटिनी खेलाडी लियोनेल मेस्सी फेन्च क्बल पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्धित भएका छन् ।

मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौता गरेका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार उनिसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि रहनेछ ।

पीएसजीले अब चाँडै मेसीलाई अ‍ौपचारिक रुपमा सार्वजनिक गर्नेछ । पीएसजीले मेस्सीलाई सार्वजनिक गर्न आइफेल टावर भाडा लिएको बताइएको छ।

आर्थिक र संरचनागत अवरोधका कारणले मेस्सीलाई क्लबमा बस्न नसक्ने भएको बार्सिलोनाको भनाइ थियो । मेसीले बार्सिलोनामा २१ वर्ष बिताएका थिए । उनले बार्सिलोनामा १७ वर्ष सिनियर फुटबल टोलीबाट खेलेका थिए ।

मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।

प्रतिक्रिया दिनुहोस्