Logo
Logo

चितवनलाई हाइटेक सिटी बनाउन खोजेकोमा विरोध



काठमाडौं । सरकारले आइतबार सार्वजनिक गरेको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको मिश्रीत प्रतिक्रिया आइरहेका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मंगलबार संदसदमा बोल्दै कार्यक्रमको चिरफार गरे ।

प्रतिपक्ष दलका नेताका रुपमा कार्यक्रमको आलोचना गर्नु उनको दायित्व नै हो । तर, विकाससम्बन्धि कामको समेत उनले विरोध गरे । खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्लामा हाइटेक सिटी बनाउन लागिएकोमा उनले व्यंग्य र विरोध गरेका हुन् ।

कार्यक्रमको एउटा बुँदामा भनिएको छ,‘मुलुकको मध्यभागमा पर्ने गरी एउटा हाइटेक सिटी निर्माणको लागि सम्भाव्यता अध्ययन गर्ने ।’ यसप्रति ओलीलाई रिस उठेको रहेछ ।

‘मध्यभाग भन्नाले मध्यविन्दुभन्दा अली पूर्व, मतपत्र च्यातिएको ठाउँमा होला’ भन्दै ओलीले संसदमा त्यसपछि विरोध र आलोचना गरेका हुन् ।
प्रधानमन्त्री हुँदा आफ्नो निर्वाचन क्षेत्रमा दर्जनौं कार्यक्रम लगेका ओलीले चितवनलाई भने प्रचण्डकै कारण बजेट र कार्यक्रम नदिएको आरोप लाग्दै आएको छ । कांग्रेस र माओवादी केन्द्रको सरकार बने लगत्तै प्रचण्डले चितवनमा देशकै एकमात्र हाइटेक सिटी बनाउने कार्यक्रम अघि बढाउन लागेका हुन् । त्यसले ओलीको चिन्ता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्