Logo
Logo

नक्सालको होटलबाट आपत्तीजनक अवस्थामा फ्रेन्च नागरिक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३० चैत ।
काठमाडौंको नक्सालस्थित एक होटलबाट फ्रेन्च नागरिक आपत्तीजनक अवस्थामा पक्राउ परेका छन् । नेपाली बालकलाई अप्राकृतिक मैथुन गराएको आरोपमा ६९ बर्षिय जर्जस् इगोर सिमान्काई रंगेहात पक्राउ परेका हुन् ।


बिहीबार बिहान एक बालकसहित आपत्तीजनक अवस्थामा पक्राउ गरिएको सिआईबीले जनाएको छ । उनको कोठाबाट प्रहरीले एक बालकको उद्धार गरेको छ ।
उनी समाजसेवाको आवरणमा नेपालमा बालकहरुको यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । उनी सन् २०१४ यता सातपटक नेपाल आइसकेको सिआईबीका एसपी उमा प्रसाद चतुर्वेदीले बताए । अनाथहरुलाई सहयोग गर्छु र फ्रान्स लैजान्छु भनेर नजिकिने र यौन शोषण गर्ने अनुसन्धानाम खुलेको छ । १९ वर्षअघि बालबालिकामाथि यौन शोषण गरेको आरोपमा उनी फ्रान्स पक्राउ परेका थिए । उनीविरुद्ध अर्का एक बालकले समेत उजुरी दिएका छन् ।
नेपालमा बालयौनदुराचारको उदेश्यले आउदे विदेशीहरुको संख्या बढीरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्