Logo
Logo

‘असोज मसान्तभित्र १ करोड ८ लाखलाई खोप’




काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त गर्ने दावी गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले सरकारले उमेर समूहसँगै आर्थिक गतिविधि हुने क्षेत्र र संक्रमण धेरै भएका १५/१६ वटा जिल्लालाई प्राथमिकतामा राखेर खोप अभियान चलाउने बताए । उनले भने, ‘असोज मसान्तभित्र १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चित भएको छ ।’

उनले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पु¥याएको उनको भनाइ छ ।

हरेक दिन दुई लाखदेखि डेढ लाख नागरिकले खोप लगाउने गरेको उनको भनाइ थियो । प्रतिनिधिसभामा बैठकमा सांसदहरुले कोभिड संक्रमण र सरकारको प्राथमिकताबारे राज्यमन्त्री श्रेष्ठमाथि प्रश्न गरेका थिए । सोक्रममा उनले अहिलेको सरकारको प्राथमिकता जनताको जीवन बचाउनु भएकाले खो अभियानलाई तिव्रता दिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्