Logo
Logo

‘कुलमान बुढो भएपछि सरकारले के गर्छ ?’



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले सरकारहरूले कुलमान र हनुमान मात्र देखेको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठको शून्य समयमा बोल्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले हनुमान र देउवा नेतृत्वको सरकारले कुलमान मात्रै देखेको टिप्पणी गरेका हुन् । उनले भने ‘पुरानो सरकारले हनुमान मात्र देख्यो । अहिलेको सरकारले कुलमान मात्र देख्यो।’

महतले कुलमान घिसिङबाहेक अर्को कोही मान्छे छैन भन्दै कुलमान बुढो भएपछि सरकारले के गर्छ भनी प्रश्न गरे । उनले भने, ‘कुलमानले प्राधिकरणलाई फाइदै पुर्‍याएका छन्, तर कुलमानबाहेक अर्को मान्छे छैन त ? कुलमान बुढो भएपछि के गर्छ सरकारले ? अरु निकायहरू डुबेका छन्। त्यसमा पनि ध्यान दिन जरुरी छ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एउटा हनुमानले समाप्त पारेको उनले आरोप लगाए । उनले भने, ‘पाँच महिनाको तलब एकैपटक खाएर कर्णाली सकेका छन् ।’

प्रतिक्रिया दिनुहोस्