Logo
Logo

वीपी प्रतिष्ठानमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रण




धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारको छ । बिहीबार आयोगको छापा मारेर थालेको हो ।

अख्तियारको टोलीले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिँदै छानबिन सुरु गरेको टोलीका नेतृत्व गरेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए । स्वास्थ्य उपकरण खरिदलगायतका विषयमा अनियमितता भएको समाचार सार्वजनिक भएपछि अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले प्रतिष्ठानमा छापा मारेको हो ।

काठमाडौं टंगालस्थित कार्यालय र क्षेत्रीय कार्यालयमा पटकपटक उजुरी परेकाले अनुसन्धानका लागि स्थगत रुपमा टोली गएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जनाए । केही साता अघि छानविन प्रतिवेदनमाथि अख्तियारले अध्ययन थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्