Logo
Logo

३ हजार २६० संक्रमित थपिए, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा सोमबार थप ३ हजार २६० जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा २ हजार ४७३ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा कुल १० हजार ८०६ पीसीआर र ४ हजार ६५६ जनामा एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो ।

गत २४ घण्टाभित्र नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ३२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३७७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले देशभर ३८ हजार १८० संक्रिय संक्रमित रहको स्वास्थ्य मन्त्रालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्