Logo
Logo

कांग्रेस केन्द्रीय समिति सुरू, पेस भएन महाधिवेशन कार्यतालिका



दृष्टि फाइल

काठमाडाैं । आसन्न महाधिवेशनको कार्यतालिका विनै कांग्रेस केन्द्रीय समितिकाे बैठक सुरू भएकाे छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा महाधिवेशनकाे कार्यतालिका विना नै बैठक सुरू भएकाे हाे ।

तर, महामन्त्री पूर्णबहादुर खड्काले पेस गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूको सुझाव र निर्णयबाट कार्यतालिका बनाउने भनिएको छ । कांग्रेसकाे निर्वाचन समितिले पेस गरेकाे निर्वाचन निर्देशिका छलफलका लागि बैठकमा पेस भएको छ ।

बिहीबार केन्द्रीय समिति बैठक बस्नुअघि शीर्ष नेताहरुबीच महाधिवेशनको नयाँ कार्यतालिकाका विषयमा छलफल भएको थियो । तर, सहमति जुट्न सकेन ।

भदौमै महाधिवेशन सम्भव नभएको निष्कर्षसहित महाधिवेशन सार्न शीर्ष नेताहरू सहमत भएका थिए । सभापति देउवाले कोजाग्रत पूर्णिमालगत्तै वडा अधिवेशन शुरू गरेर मंसिरमा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।

पौडेल पक्षले भने संवैधानिक अवरोध हुनसक्ने भएकोले भदौ २३ भित्रै तल्लो तहको अधिवेशन शुरू गरेर असोजमै महाधिवेशन सक्नुपर्ने अडान राख्दै आएको छ

प्रतिक्रिया दिनुहोस्