Logo
Logo

‘इनरुवा बजारमा’ रिमा विश्वकर्मा



काठमाडौं । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवद्र्धन गर्ने हेतुले ‘इनरुवा बजारमा’ बोलको गीत भिडियोसहित ल्याएका छन् । उक्त गीतमा गायक विश्व नेपाली र गायिका टीका प्रसाइँको स्वर रहेको छ । ‘इनरुवा बजारमा’ गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् ।

युवराज वाइबाको निर्देशनमा तयार भएको भिडियोमा रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ भने निशाल पौडेलको छायाँकन र विकाश दाहालको सम्पादन रहेको छ ।

रेग्मीका यसअघि थुप्रै गीत रेर्कड भइसकेको छ । दुई महिनाअघि मात्र रामकृष्ण ढकाल र मेलिना राईको स्वरमा ‘सुनसरी इनरुवा’ बोलको गीत सार्वजनिक गरेका उनले त्यसअघि आफ्नो संगीत यात्राको सुरुवातमा आफ्नै स्वरमा ‘सुनसरी इनरुवा’ गीत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्