Logo
Logo

राप्ती नदीमा पानीको उच्च बहाव



बाँके । अविरल वर्षासँगै राप्ती नदीमा पानीको सतह खतराको स्तरनजिक पुगेको छ । दाङको बागासोतीस्थित राप्ती नदीमा पानीको सतह ४ दशमलव २३ मिलिमिटर पुगेको छ । उक्त ठाउँमा पानीको सतह ५ दशमलव ५ मिलिमिटर भए चेतावनी र ६ दशमलव २ मिलिमिटर भए खतरा मानिन्छ ।

बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ३ दशमलव ५४ मिलिमिटर माथि उक्लेको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिलिमिटर भए चेतावनी र ५ दशमलव ४० भए खतरा मानिन्छ ।

राप्ती नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले राप्ती नदीआसपासका नागरिकलाई सचेत गराएको छ । पानी पर्न नरोकिएकाले बाढी आउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले प्रभावित क्षेत्रका स्थानीयलाई सचेत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्