Logo
Logo

लड्समाथि म्यानचेस्टरको सानदार जित



एजेन्सी । इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ । शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेडले लड्स युनाइटेडलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरलाई सानदार जित निकाल्नको लागि पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नान्डेसको ह्याट्रिक गरे भने फ्रान्सेली मिडफिल्डर पल पोग्बाको चार असिस्टमा गरे ।

युनाइटेडको जितमा थप गोल मासन ग्रीनवुड र फ्रेडको नाममा रह्यो । लिड्सका लुके एयलिङले एक गोल फर्काए । ओल्ड ट्राफोर्डमा समर्थक माझ खेलाइएको खेलमा युनाइटेडले गोलको लागि पहिलो हाफको ३० मिनेटको समय नै कुुर्नु परेको थियो ।

३०औं मिनेटमा ब्रुनो फर्नान्डेजले पल पोग्वाको पासमा गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । ब्रुनोको प्रहार गोलरक्षक इभान मेलिएरलाई लागेपनि गोल भएको थियो ।

दोस्रो हाफको सुरुवातमै लुके एयलिङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले स्टुआर्ट डालासको पासमा गोल गरेका थिए । लिड्सको बराबरी गोलपछि ९ मिनेटको अन्तरमा तीन गोल गरेपछि युनाइटेडले खेलमा ४-१ को आरामदायी अग्रता लिन सफल भयो । ५२औं मिनेटमा मासन ग्रीनवुडले पोग्बाकै पासमा गोल गर्दै युनाइटेडलाई पुनः २-१ को अग्रता दिलाए ।

त्यसको दुई मिनेटपछि पोग्बाकै पासमा ब्रुनोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दा युनाइटेडले खेलमा ३–१ को अग्रता लियो । ६०औं मिनेटमा ब्रुनोले ह्याट्रिक पुरा गरेपछि युनाइटेड फराकिलो जिततर्फ अग्रसर बन्यो । उनले भिक्टर लिन्डेलफको पासमा गोल गरेका थिए ।

नयाँ सिजनमा ब्रुनोको ह्याट्रिक पहिलो ह्याट्रिक बन्यो । युनाइटेड यतिकै रोकिएन । ६८औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई ५–१ को सानदार जित दिलाए । यही खेलबाट यसै समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट युनाइटेड आएका इंग्लिस मिडफिल्डर जेडान सान्चोले प्रिमियर लिगमा डेब्यु गरे । उनले ७५औं मिनेटमा ड्यानियल जेम्सलाई प्रतिस्थापन गरे । जितपछि युनाइटेडले ३ अंक जोडेको छ । हारसँगै लिड्स अंकविहीन बन्यो ।

प्रतिक्रिया दिनुहोस्