Logo
Logo

दुई दशकपछि काबुल पुग्यो तालिबान



एजेन्सी । दुई दशकपछि अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका छन् । अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानका सबै शहर कब्जा गर्दै तालिबान काबुल पुगेको हो ।

अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ । काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।

तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।

हालसम्म तालिबानले ३ सय ४५ सहरमा कब्जा जमाएको छ भने १२ सहर मात्रै अफगानी सरकारको कब्जामा छ ।

स्राेत : बीबीसी

प्रतिक्रिया दिनुहोस्