Logo
Logo

अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे



एजेन्सी । अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन् । विद्रोही संगठन तालिवानले धम्की दिएपछि राष्ट्रपति अशरफ घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाडेको बीबीसीले जनाएकाे छ ।

दुई दशकपछि अफगानिस्तानको राजधानी सहर काबुलमा चरमपन्थी संगठन तालिबानका लडाकु प्रवेश गरेका थिए । अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानका सबै शहर कब्जा गर्दै तालिबान काबुल पुगेको थियाे ।

सहज ढंगले सत्ता छाड्न तयार नभएपछि तालिबानले धम्की दिएका थिए । त्यसपछि दुवैले देश छाडेको बीबीसीले जनाएको छ । दुवै जना कतार जाने भएकाे अलजजिराले जनाएकाे छ भने अफगानिस्तानकाे सञ्चारमाध्यमले भने तोलो न्युजले दुवै जना ताजिकिस्तानतर्फ लागेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्