Logo
Logo

३ हजार ४५१ संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं । नेपालमा शनिबार तीन हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ६११ नमुना परीक्षण गर्दा तीन हजार ४५१ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट दुई हजार ५६६ र एन्टिजेनबाट ८८५ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा १० हजार ९३ जनाको आरटी पीसीआर र ५ हजार ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार ४५८ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १४० पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३७१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्