Logo
Logo

बैरेनीमा बस र ट्रक ठोक्किँदा एकको मृत्यु, १२ जना घाइते



काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी बैरेनीमा बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

आइतबार राति २ बजे बा ३ ख ४०१४ नम्बरको बस र भारतीय नम्बर प्लेटको ट्रक ठोक्किँदा सोलुखुम्बुको महाकुलुङ-३ की २७ वर्षीया रेनुका कुलुङको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।

म्युजिक भिडियो छायाँकन सकेर पोखराबाट काठमाडौं आउँदै गर्दा दुर्घटना भएको हो । मृत्यु हुने कुलुङ माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) सोलुखुम्बुका जिल्ला कमिटी सदस्य हुन् ।

कुलुङको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । यस्तै, दुर्घटनामा बसका चालकसहित १२ जना घाइते भएका छन् ।

तीमध्ये चार जनाको अवस्था गम्भीर छ । ९ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र तीन जनाको धादिङको गल्छीस्थित बुढीगण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा क्यामरा पर्सन दिर्घ गुरुङ, बिनोद लामा, श्याम तामाङ, नारायण गुरुङ, रमेश सुनुवार, दीपेन्द्र थपलिया, महेन्द्र लामालगायत रहेका छन् ।

उक्त दुर्घटनामा सुटिङ गाडीका चालक विजय पनि गम्भिर घाइते भएका छन् । उनको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका दुबै गाडी भने गजुरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्