मलेसियका प्रधानमन्त्रीले दिए राजीनामा « Drishti News – Nepalese News Portal
Logo

मलेसियका प्रधानमन्त्रीले दिए राजीनामा


दृष्टि संवाददाता


एजेन्सी । मलेसियाका प्रधानमन्त्री मुहिद्दिन यासिनले सोमबार त्यहाँका राजालाई राजीनामा पत्र बुझाएका छन् । संसदमा बहुमत गुमाएपछि उनले राजीनामा दिएका हुन् ।

यासिन प्रधानमन्त्रीमा नियुक्त भएको १८ महिना मात्र पुगेको थियो । उनी गत वर्ष मार्चमा प्रधानमन्त्री बनेका थिए । २ सय २२ जना सांसद भएको संसदमा उनी कम बहुमत पाएर सत्तामा आएका थिए।

सरकारमा रहेको सबैभन्दा ठूलो पार्टी युनाइटेड मलेज नेशनल (युएमएनओ)ले यासिनलाई दिएको समर्थन फिर्ता गर्दै राजीनामा दिन दबाब दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्