Logo
Logo

३ हजार २७४ संक्रमित थपिए, २७ जनाको मृत्यु



काठमाडौं । नेपालमा मंगलबार तीन हजार २६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ६८९ नमुना परीक्षण गर्दा तीन हजार २७४ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट दुई हजार ४५६ र एन्टिजेनबाट ८१८ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ११ हजार ५६५ जनाको आरटी पीसीआर र ६ हजार १२४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ९२९ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ।

प्रतिक्रिया दिनुहोस्