Logo
Logo

तीन सचिवको सरुवा, एकको बढुवा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ३ बैशाख ।
सरकारले तीन सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । हालै सचिवमा बढुवा भएर पदस्थापन हुन बाँकी रहेका सहसचिव डा. हरिप्रसाद पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदस्थापन गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव दिनेशकुमार थपलिया निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएपछि सो मन्त्रालय झन्डै तीन सातादेखि सचिवविहीन थियो । महानगरपालिकामा कसैलाई पठाइएको छैन ।
यसैगरी, लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा सोमबार बसेको सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि ज्येष्ठताका आधारमा स्वतः सचिवमा बढुवा हुने गरी सहसचिव हरि बस्याललाई सिफारिस गरिएको छ । जेष्ठताका आधारमा सिफारिस भएका स्वतः बढुवा हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्