Logo
Logo

३ हजार ४०३ संक्रमित थपिए, ४२ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार तीन हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ८३८ नमुना परीक्षण गर्दा तीन हजार ४०३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट दुई हजार ६१३ र एन्टिजेनबाट ७९० जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ११ हजार ८३९ जनाको आरटी पीसीआर र ४ हजार ९९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३९६पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार १०४ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेको छ।

प्रतिक्रिया दिनुहोस्