Logo
Logo

पहिरोले घर पुरिँदा आमा-छोरीको मृत्यु, दुई बेपत्ता



रसुवा । रसुवाको नैकुण्ड गाउँपालिका वडा नम्बर ५ कोलडाँडामा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ३ः३० बजेतिर पहिरोले स्थानीय श्यामबहादुर गलानको घर पुरिएको हो ।

स्थानीयले गलानलाई उद्धार गरेका थिए । उनलाई थप उपचारका लागि एम्बुलेन्समार्फत् काठमाडौंको ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । पहिरोमा परेर गलानकी श्रीमती ३२ की कमला गलानको मृत्यु भएको छ । आमा कमला र कान्छी छोरी ८ वर्षकी सुकमाया गलानको शव फेला परिसकेको पाण्डेले बताए ।

अर्की छोरी ११ वर्षीय शोविता गलान र छोरा ७ वर्षका आशिष गलान भने अझै बेपत्ता छन् । उनीहरू पहिरोमा परेको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्