Logo
Logo

एक खतरनाक ठगः जसले दर्जनौंलाई बेहाल बनाए




काठमाडौं । दर्जनौं व्यक्तिलाई नाटकीय शैलीमा ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले भारतीय नागरिक रवि कुमार सिंहलाई पक्राउ गरेको हो ।


उनले रुपन्देहीका कृष्णबहादुर गुरुङदेखि धनुषाका प्रदीप कुमार साहसम्मलाई ठगी गरेका हुन् । आफु व्यवसायी भएको र प्रोजेक्टका लागि गाडी भाडामा लिने भन्दै सम्झौता गरेर गाडी लिने र फरार हुने गरेका थिए । त्यसका लागि विभिन्न कम्पनीको नक्कली लेटरप्याड समेत बनाएको प्रहरीले जनाएको छ । कतिपयलाई सापटीका नाममा ठग्ने गरेका थिए । उनी पेशेवर ठग भएको र धेरैलाई ठगी गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्