Logo
Logo

माधव पक्षको युवा संघ एमाले समाजवादीमा समाहित हुने



काठमाडौं । माधव कुमार नेपाल पक्षको युवा संघ एमाले समाजवादी पार्टीमा समाहित हुने भएको छ ।

संघका अध्यक्ष नरेश शाहीको अध्यक्षमा संघका उपलब्ध पदाधिकारी र बिभागिय प्रमुख÷उपप्रमुखको सहभागितामा बसेको बैठकले एमाले समाजवादी पार्टीमा समाहित हुने निर्णय गरेको संघका उपमहासचिव एवं प्रवक्ता संजिप राईले जानकारी दिए ।

बैठकले संघको झण्डा रातो पृष्ठभूमिमा सेतो ५ कुने तारा तीन कुना माथि र दुई कुना तल फर्केको राख्ने निर्णय गरेको छ । ‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ मूल नारा राख्ने निर्णय बैठकले गरेको छ ।

संघको केन्द्रीय कमिटीको विस्तारित बैठक भाद्र ११ र १२ मा काठमाडौंमा हुनेछ । बैठकमा सात वटै प्रदेश कमिटीका पदाधिकारी जिल्ला अध्यक्ष, सचिव र महिला विभाग प्रमुख, केन्द्रीय निकायहरू सहभागि हुनेछ ।

भाद्र ५ गते शनिवार विहान ८ बजे महिनाको २ दिनको २ घण्टा, राष्ट्रलाई अभियान अन्तरगत त्रिभुवन विश्वविध्यालय परिसर सरसफाई कार्यक्रम राख्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्