Logo
Logo

शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप



काठमाडाैं । काठमाडौंमा शुक्रबारदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् ।

१८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने भएकाे हाे ।

सरकारका अनुसार ९ वटा अस्पतालबाट खाेप लिन सकिनेछ । यस्तै, काठमाडाैं महानगरका ३२ वटै वडा र नगरपालिकाकाे हकमा पालिकाले ताेकेकाे केन्द्रबाट समेत खाेप लगाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्