Logo
Logo

तालिबानले राेक्याे भारतसँगको व्यापार



एजेन्सी । तालिबानले भारतसँगको व्यापार बन्द गरेको जनाएको छ। अफगानिस्तान र पाकिस्तानबीचको सीमा बन्द गर्दा भारतसँगको व्यापार रोकिएको हो ।

भारतीय निर्यात संगठन महासंघका अनुसार लाखौँ डलर बराबरको सामान आयात र निर्यात रोकिएको हो ।

अफगानिस्तानमा भारतले निकै ठूलो परिमाणमा निर्यात व्यापार गर्ने गरेको छ। भारतले अफगानिस्तानमा बाँध, विद्यालय र सडकहरूको विकासमा पनि अर्बौं डलर लगानी गरिरहेको छ।

रिपोर्टका अनुसार भारतले अफगानिस्तानबाट ठूलो मात्रामा ड्राइफ्रूट आयातसमेत गर्छ। भारत बाहेक पाकिस्तानले पनि अफगानिस्तानबाट ड्राइफ्रूट आयात गर्ने गरेको छ।

उता चीनले भने अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको संक्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्