Logo
Logo

ओलीलाई १० बुँदे कार्यान्वयन र नेपाललाई निर्णय सच्याउन माग



काठमाडाैं । तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयनका लागि माग गर्ने भएका छन्।

एमालेमै एकताका लागि पहल गरेर अघि बढ्ने निष्कर्षमा पुगेका उनीहरुले नेता नेपाललाई पार्टी विभाजनको निर्णय सच्याउन र ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न माग गर्ने निर्णयमा पुगेका हुन् ।

बिहीबार दिउँसो बसेको उनीहरुको बैठकले यस विषयलाई लिएर सामूहिक वक्तव्य जारी गर्ने समेत तयारी गरेका छन्। यसैगरी, शुक्रबार दिउँसो तत्कालीन ‘नेपाल पक्षीय’ स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरुको भेला पनि गर्ने निर्णय गरिएको छ।

बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू विष्ट, योगेश भट्टराई, भीम आचार्य र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, अृमतकुमार बोहरा र रघुजी पन्त सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्