Logo
Logo

वागमती प्रदेश प्रमुख परिवर्तनदेखि प्रचण्डद्वारा अध्यादेशको बचाउसम्म



हेडलाइन्स् :

१. देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय नाघ्यो, ११ हजार ९४६ पिसीआर विधिबाट परीक्षण गर्दा २ हजार ३२१ जना संक्रमित र ४ हजार ४९२ नमूनाको एन्टिजेन परीक्षणमा ७५४ जनामा गरी ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, बिहीबार कोरोनाबाट थप ३३ जनाको मृत्यु, २१ सय २६ जना कोरोनामुक्त, २४ घण्टामा ९१ हजार ११ जनाले लगाए कोरोना भाइरसविरुद्धको खोप ।

Image

२. सर्वोच्च अदालतमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ बदर गर्न आदेशको माग गर्दै छ थान रिट निवेदन दायर , अधिवक्ताहरु अर्जुनकुमार अर्याल र सकुन्तला भुसाल, अधिवक्ता निकेशकुमार लम्साल र अनुपा अर्याल, अधिवक्ता प्रवेश केसी, अधिवक्ता श्रीकान्त बराल, अधिवक्ता दलबहादुर धामी, सरोज बुढाथोकी र आशिष श्रेष्ठद्वारा छुट्टाछुट्टै रिट निवेदन दायर, सुनुवाइ भदौ ११ गते शुक्रबारका लागि तोकियो, अध्यादेश ल्याउनु गैरसंवैधानिक भएकाले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश माग ।

३. पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालमाथि आरोपै आरोप, माधवकुमार नेपाल पार्टीको नेतृत्व गरेको व्यक्ति भएर पनि खुम्चिएर कचौरा जत्रो हुन पुगेको ओलीको टिप्पणी, कार्यकालमा एमाले सडक र संसद दुवै मोर्चामा खुम्चिएको ओलीको भनाइ, नेपालको एकमात्र उद्देश्य एमाले फुटाउनु नै रहेको ओलीको प्रतिक्रिया, सुदूरपश्चिम प्रदेशसभामा एमालेको बहुमत हुँदा हुँदै माओवादीलाई काँधमा बोकेर सरकारको नेतृत्व सुम्पिएको ओलीको आरोप, मालेकै नेतृत्वमा रहेको संघीय सरकारलाई पनि अनेक ढंगले विस्थापित गर्न भूमिका निर्वाह गरेको आरोप ।

४. तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयनका लागि माग गर्ने, नेपाललाई पार्टी विभाजनको निर्णय सच्याउन समेत माग गर्ने, सामूहिक वक्तव्य जारी गर्ने समेत तयारी , तत्कालीन ‘नेपाल पक्षीय’ स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य र सांसदहरुको भेला पनि गर्ने निर्णय ।

५. लोकतन्त्र, गणतन्त्र, संघीयता र संविधानको रक्षा गर्नका लागि गठबन्धनको सरकारले राजनीतिक दलसम्बन्धीको अध्यादेश ल्याएको माओवादी अध्यक्ष पुष्पकमल दाहालको दावी, ओली सरकारले ल्याएको अध्यादेशको उद्देश्य लोकतन्त्र र परिवर्तनका उपलब्धी, संविधानलाई संकटमा पार्नका लागि आउँदा त्यसको विपरीत संघीयताको रक्षाका निम्ति अध्यादेश ल्याएको तर्क, छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने दावी ।

६. बेलायती प्रधानमन्त्रीको निवासअगाडि अनशनरत भूपू गोर्खा सैनिक र उनीहरूका परिवारको जीवनरक्षाको गर्न सरकारका नाममा सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी, साउन २३ गतेदेखि तीन भूतपूर्व गोर्खा सैनिक र उनका परिवार बेलायतका प्रधानमन्त्रीको आवास अगाडि अनशनमा रहेको भन्दै उनीहरूको जीवन रक्षाका लागि पहल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलाई सर्वोच्चले अन्तरिम आदेश, नागरिकको जीवनरक्षा गर्ने जे गर्नुपर्ने हो त्यसमा लाग्न आदेशमा उल्लेख ।

७. सरकारले वागमती प्रदेश प्रमु्ख विष्णु प्रसाईलाई हटायो, मन्त्रिपरिषदको बैठकद्वारा प्रसाईलाई हटाएर उनको ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस, प्रभुराम शर्मालाई नेपाली सेनाको प्रधानसेनापति नियुक्तिका लागि सिफारिस, गाईजात्रा पर्वमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिँदै आएकोमा मुलुकभरका नेवार समुदायका लागि समेत सार्वजनिक बिदा दिने निर्णय , श्रीकृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा , काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजनाका लागि मकवानपुरको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत ।

८. सेयर बजारमा दोहोरो अंकको करेक्सन, दुई जलविद्युत कम्पनीको १÷१ अर्ब बढीको सेयर किनबेच, लुम्बिनी जनरल इन्स्योरेन्स र राधी विद्युतको बोनस शेयर नेप्सेमा सूचीकृत, विश्व बैंकले उच्च शिक्षा प्रवर्द्धन कार्यक्रमका लागि ७ अर्ब दिने, कोभिडबाट बञ्चितलाई लाभ, नबिल र मुक्तिनाथ विकास बैंकबीच सम्झौंता, मुक्तिनाथलाई गैर कोषमा आधारित बैंकिङ सुविधा दिने, माथिल्लो तामाकोसीका १८ जना प्राविधिकलाई कोरोना संक्रमण देखिएपछि परीक्षण रोकियो ।

९.सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिताको ’ड्र’ शुक्रबार सार्वजनिक गरिने , छनौट प्रतियोगितामा ७९ क्लबले प्रतिस्पर्धा गर्ने, पाली राष्ट्रिय पुरुष फुटबल टिमले पोखरामा प्रशिक्षण जारी, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा २८ खेलाडी बन्द प्रशिक्षणमा, साफ च्याम्पियनसिप आगामी अक्टोबरमा माल्दिभ्समा हुने, एन्फा विवाद समाधान समितिले बुधवार मात्रै प्रतिवेदन बुझाउने , मंगलबार समितिका सदस्यहरुले अध्ययन गरेपछि हस्ताक्षर गर्ने र बुधबार प्रतिवेदन बुझाएपछि सार्वजनिक गर्ने तयारी ।

१०.र, अफगान राष्ट्रपति घानी यूएईको शरणमा, तालिबानद्वारा भारतसँगको व्यापार बन्द, स्वतन्त्रता दिवस मनाइरहेको भिडमा तालिबानको गोली प्रहार, दुई जनाको मृत्यु, अफगानिस्तानमा रहेका १५ हजार अमेरिकी सेनाको बसाइ लम्बिन सक्ने बाइडेनको भनाइ, ६५ हजारलाई उद्धार गर्नुपर्ने, अफगानिस्तानमा आज पनि तालिबानविरुद्ध प्रदर्शन, हातमा झण्डा लिँदै महिला पनि सहभागी ।

प्रतिक्रिया दिनुहोस्