‘युगल पोट्रेट फोटोग्राफी’ उपाधि विवेकलाई « Drishti News – Nepalese News Portal
Logo

‘युगल पोट्रेट फोटोग्राफी’ उपाधि विवेकलाई


दृष्टि संवाददाता


काठमाडौं । १८२औँ विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगीता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन् । विवेक ललिपुरका मछिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन् ।

तस्बिर/विवेक श्रेष्ठ

फोटो व्यावसायीको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफिलाई अन्तर्राष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगीत आयोजना गरिएको फाटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए ।

प्रतियोगीतमा ३८ जिल्लाका ३ सय ६६ जना फाटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए । प्रतियोगिताको संयोजको रुपमा सिनियर ल्याब टेक्निसियन हरिबहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका बरिष्ठ फोटोग्राफर जेम्स बी. सोलोमन, भारतका फोटोग्राफर किगन डेनिश रहेका थिए ।

कार्यक्रममा माउन्टेन फोटोग्राफिका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगिताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतलाई महत्वपुर्ण सहयोग पुग्ने बताए । अघिल्लो वर्ष फोटो पसलले कोभिड १९ फोटो प्रतियोगीता जनचेतनामुलक र फ्रन्टलाइनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्