Logo
Logo

धुर्मुस-सुन्तलीको ‘ईसाराले बोलाउनु पर्दैन’ (भिडियो)



काठमाडौं । ओटिटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको नेपाली चलचित्र ‘म त मर्छु कि क्याहो’को प्रमोशनल गीत ‘ईसाराले बोलाउनु पर्दैन’ सार्वजनिक गरिएको छ ।

तुलसी घिमिरेको निर्देशन तथा कलाकार तथा निर्माता विश्व बस्नेतको निर्माण रहेको पुरानो चलचित्र ‘अन्याय’मा समावेश उक्त गीतलाई ‘म त मर्छु कि क्याहो’ निर्माण टिमले अनुमति लिएर प्रमोशनल गीतको रुपमा सार्वजनिक गरेको हो ।

अहिले सार्वजनिक गीतको भिडियोमा ‘म त मर्छु कि क्याहो’ का मुख्य कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को नृत्य देख्न सकिन्छ । भिडियोमा रामजी लामिछानेले कोरियोग्राफि गर्नुभएको छ भने छायाँकान मान कृष्ण महर्जनको रहेको छ । भिडियो सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

उक्त गीतको भिडियो ओहो मुभि टिमले निर्माण गरेको कलाकार सिताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए । धुर्मुसका अनुसार उक्त गीत ‘म त मर्छु कि क्याहो’को प्रमोशनका लागि मात्र प्रयोग गरिनेछ ।

‘ईसाराले बोलाउनु पर्दैन’ गीत रत्नशम्शेर थापा, इश्वर बल्लभ र प्रदिप रिमालले रचना गर्नुभएको हो । गीतमा भुपेन्द्र सिंह र दिपा झाको स्वर रहेको छ । गीतमा संगीत भने वरिष्ठ संगीतकार रन्जित गजमेरको रहेको छ । चलचित्र म त मर्छु कि क्याहो यहि भदौ ११ गतेदेखी ओहो मोबाइल एप मार्फत सार्वजनिक हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्