Logo
Logo

मलेसियाबाट ८ शव र १६ जना नेपालीको अस्तु ल्याइयो



काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगेर ज्यान गुमाएका ८ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ । विभिन्न समयमा ज्यान गुमाएकी ती ८ जना नेपाली कामदारको शव शनिबार नेपाल ल्याइएको हो ।

साथै, ती शवसँगै १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । उनीहरुले रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएका थिए । केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको संक्रमणका कारण समेत ज्यान गुमाएका थिए । ती शवहरुलाई आजै आफन्तलाई जिम्मा लगाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्