Logo
Logo

युवा संघद्वारा त्रिभुवन विश्वविद्यालयमा सरसफाइ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकटको युवा संघ नेपालले आज त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा सरसफाइ गरेको छ ।

युवा संघले ‘महिनामा २ दिनः २ घण्टा मेरो, राष्ट्रका लागि’ भन्ने अभियान अन्तरगत सरसफाइ कार्यक्रम गरिएको हो । युवा संघका उपमहासचिव एवं पिपुल्स भोलेन्टियरका इन्चार्ज सन्जिप राईको नेतृत्वमा त्रिभुवन विश्वबिद्यालयमा सरसफाई गरिएको छ ।

सरसफाइ कार्यक्रममा संघका अध्यक्ष नरेश शाही, त्रिभुवन विश्वविद्यालयका चिफ ध्यानेन्द्र राई लगायतको विशेष सहभागीता रहेको थियो । यस अघि युवा संघको पिपुल्स भोलेन्टियरले टिचिङ अस्पतालमा सरसफाई गरेको थियो । युवा संघले शुरु गरेको यो अभियान निरन्तर जारी रहने राईले बताए ।

प्रतिक्रिया दिनुहोस्