Logo
Logo

सरकारलाई बदनाम गराउँदै सिआईबी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ बैशाख ।
नेपाल प्रहरीको छवि माथि उठाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) पछिल्लो समय विवादमा पर्दै आएको छ । सिआईबीकै कारण पछिल्लो समय प्रहरी मात्र होइन सरकारकै बदनाम हुन थालेको छ ।
व्यापारीको प्रभावमा पारेर सिआईबीले पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरेपछि सर्वत्र निन्दा भइरहेको छ । ठगीमा संलग्न पोखराका व्यापारीको बारेमा समाचार लेख्दा उनी पक्राउ परेका हुन् । समाचार साामाजिक सञ्जालमा भाइरल हुँदा आफुमाथि साइबर क्राइम भएको दाबीका आधारमा सिआईबीले उनलाई पक्राउ गरेको हो ।


जबकी बिद्युतीय कारोबार ऐन बिद्युतीय कारोबारमा हुनसक्ने अपराधलाई नियन्त्रण गर्न बनाइएको हो । तर, त्यसको गलत ब्याख्या गरी पत्रकारलाई समेत लगाउन थालिएको छ । जसले गर्दा नेपालमा पत्रकारलाई सरकारले थुन्न थालेको भन्दै विश्वभरी नै गलत सन्देष गइरहेको छ । अर्काेतर्फ प्रेस स्वतन्त्रता समेत यसबाट हनन हुँदै गएको छ ।
नेपाल पत्रकार महासंघले समेत यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ । स्रोतका अनुसार गृह मन्त्री निकट केही व्यक्तिहरुले ठगीमा संलग्न व्यापारीसँग मिलेर पत्रकार गिरीलाई पक्राउ गर्न दबाब दिएका थिए । यसअघि पटक पटक समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरी मुद्दा चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्