Logo
Logo

१२ सहसचिवको सरुवा, सम्पति शुद्धिकरण विभागमा भट्टराई


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ४ बैशाख ।
सम्पती शुद्धिकरण अनुसन्धान विभागको महानिर्देशकमा रुपनारायण भट्टराईको सरुवा भएको छ । यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा सुधारका काम गरेका उनलाई गत साता श्रमबाट मन्त्रीपरिषद् कार्यालयमा सरुवा गरिएको थियो ।


यस्तै अन्य निकायका सहसचिवहरुको पनि सरुवा भएको छ । अर्थ मन्त्रालयअन्तर्गत साना ऋण व्यवस्थापन कार्यालयका विष्णु ढकाललाई प्रदेश २ मा, गृह मन्त्रालयका मनोहर खनाललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शान्तबहादुर सुनारलाई कर्णाली प्रदेशको आर्थिक मामिला मन्त्रालयमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सुशील ढकाललाई राष्ट्रिय सूचना आयोगमा, सूचना आयोगकी गीताकुमारी हुमागाइंलाई सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी, श्रम मन्त्रालयका प्रल्हाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा, प्रदेश ३ को मुख्यमन्त्री कार्यालयका रमेश सिवाकोटीलाई अर्थ मन्त्रालयमा, गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयका फणिन्द्र पोख्रेललाई गृह मन्त्रालयमा, प्रदेश २ का सामाजिक विकास मन्त्रालयका देवीराम भण्डारीलाई आदिवासी जनजाति आयोगमा र सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेलाई प्रदेश ३ को आर्थिक मामिला मन्त्रालयमा सरुवा गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्