Logo
Logo

महालक्ष्मी विकास बैंक र सिप्रदि ट्रेडिङबीच सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि.सँग सम्झौता गरेको छ ।

उक्त सम्झौताअनुसार सिप्रदि ट्रेडिङ प्रा.लि.बाट ग्राहकले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रवाह गरिनेछ ।

देशका १०३ वटा शाखाहरुबाट ग्राहकहरुलाई बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि.का सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्