Logo
Logo

हिमालयन बैँकले १२ कराेडसम्मकाे कर्जा दिने



काठमाडाैं । हिमालयन बैँक र वन पैदावार उद्योग व्यवसायी महासंघबीच विशेष कर्जा प्याकेज प्रदान गर्ने सम्झौता भएको छ । भदौ चार गतेदेखि लागू हुने गरी बैँक र महासंघबीच १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अन्तर्गत बैँकले न्यूनतम ब्याज दर, कर्जा शुल्क, प्रतितपत्र वा बैँक जमानत जारी गर्न नगद मार्जिन र कमिसन बैक जमानत जारी गर्ने समेत सहमति भएको छ ।

यो सेवा महासंघका सदस्यले बैँकको काठमाडौं उपत्यका भित्र र बाहिर रहेका सम्पूर्ण शाखाबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्