Logo
Logo

राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक



काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खुला प्रतिस्पर्धाबाट नेपाली टोलीको नयाँ जर्सीको डिजाइन छनोट गरेको हो ।

क्यान र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले सोमबार नयाँ जर्सी सार्वजनिक गरेका हुन् । नेपाली टोलीले नयाँ जर्सी ओमान भ्रमण दौरान प्रयोग गर्नेछ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जाँदैछ ।

क्रिकेट टिमको नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । करिब ५ सय डिजाइनबाट पोखरेलको डिजाइन छनोट गरिएको हो । पोखरेलले पुरस्कार स्वरूप नगद १ लाख रुपैयाँ हात पारे । क्यानले नयाँ जर्सी छनोटका लागि ४ सदस्यीय समिति गठन गरेको थियो ।

समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, जेनेरल म्यानेजर रौनक मल्ल र क्रिकेट म्यानेजर विनोद दास र प्रायोजकबाट एक सदस्य थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान भ्रमणमा जादैछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय नेपाली टिम मंगलबार त्यसतर्फ प्रस्थान गर्नेछन् ।

नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्