२५ सय बढी कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

२५ सय बढी कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा मंगलबार २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ८१० नमुना परीक्षण गर्दा तीन हजार २ हजार ५२५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट २ हजार २० र एन्टिजेनबाट ५०५ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ९०९ जनाको आरटी पीसीआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ ।

त्यस्तै सोही अवधिमा २ हजार ८६ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २ हजार १८३ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार २५० रहेको छ।

प्रतिक्रिया दिनुहोस्