Logo
Logo

झलनाथ खनाल सोमबार स्वदेश फर्कने



काठमाडाैं । प्रस्तावित नयाँ पार्टी नेकपा समाजवादीका वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्कने भएका छन् ।

मंगलबार चन्द्रागिरी हिल्समा बसेको प्रस्तावित केन्द्रीय सदस्य र सांसदको दुई दिने बैठकमा नेता खनालले आगामी सोमबार आफू स्वदेश फर्कने जानकारी दिएका हुन् ।

स्वदेश फर्किएपछि पार्टीलाई सशक्त रूपमा अघि बढाउने योजना सुनाएका थिए । उनले केपी ओली प्रवृत्तिको अन्त्य गर्न एक हुने बेला आएको समेत बताए । उनले नयाँ पार्टीले समाजवादको सिद्धान्तलाई नयाँ दिशा दिने दावी समेत गरे ।

पोष्ट कोभिडको समस्या देखिएपछि उपचारका लागि खनाल दिल्लीस्थित एपोलो अस्पताल भर्ना भएका थिए । खनालको फोक्सोमा देखिएको पानीको मात्रा घटेको र सामान्य वार्डमा राखिएको थियो । अहिले उनको अवस्था सुधारोन्मुख छ ।

प्रतिक्रिया दिनुहोस्