Logo
Logo

तेह्रथुम पावर कम्पनीको आईपीओ आज जारी गर्दै


1k
Shares

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधार सेयर (आईपीओ) बुधबार (आज)देखि जारी गर्दैछ । कम्पनीले १०० रुपैयाँ अंकित दरका आठ करोड मूल्य बराबरको आठ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कुल निष्काशनमा आउने ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता सेयर म्युचुअल फण्डहरूका लागि छुट्याइएको छ भने सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरूको संख्या धेरै हुने भएकाले न्यूनतम १० कित्ताका लागि आवेदन दिए पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्