माधव नेपाल दलबलसहित निर्वाचन आयोगमा « Drishti News – Nepalese News Portal
Logo
नेकपा एकीकृत (समाजवादी)

माधव नेपाल दलबलसहित निर्वाचन आयोगमा

आयोगले पार्टी दर्ताको प्रमाण पत्र आजै दिने तयारी


दृष्टि संवाददाता


काठमाडौं । प्रस्तावित नेकपा एकीकृत (समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल दलबलसहित निर्वाचन आयोग पुगेका छन् ।

नयाँ पार्टी सनाखत गर्न उनी चन्द्रागिरिबाट आफ्नो समूहका सांसद, केन्दीय सदस्य तथा नेताहरुसँग सीधै निर्वाचन आयोग पुगेका हुन् । आज साढे ११ बजेदेखि ३ बजेसम्म सनाखत गर्ने समय आयोगले दिएको छ ।

सरकारले अध्यादेश ल्याएपछि नेता नेपालले नयाँ पार्टी दर्ता गर्न निवेदन दिएका थिए । आयोगले आज भौतिक रूपमा उपस्थित गराएर सनाखत गर्न लागेको हो । सनाखत गरेपछि प्रमाण पुगेमा आजै आयोगले अध्यक्ष नेपाललाई पार्टी दर्ताको प्रमाण पत्र दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्