Logo
Logo

काठमाडौंमा शुक्रबारदेखि भेरोसेलको दोस्रो डोज



काठमाडौं । काठमाडौं जिल्लामा शुक्रबारदेखि भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई भदौ ११ गते शुक्रबारदेखि ३ दिन भेरोसेल खोपको दोस्रो मात्र दिइन लागेको हो ।

५० वर्षभन्दा माथि उमेर समूहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्