Logo
Logo

गौरिकालाई कोरोना संक्रमण



काठमाडौं । ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन् ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनले कोरोन संक्रमण भएको हो ।

उनी आइसोलेसनमा बसेकी छन् । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्