२ हजार ४८२ संक्रमित थपिए, ४४ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

२ हजार ४८२ संक्रमित थपिए, ४४ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा शनिबार दुई हजार ४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार २९० नमुना परीक्षण गर्दा दुई हजार ४८२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ८६२ र एन्टिजेनबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ७११ जनाको आरटी पीसीआर र ५ हजार ५७९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ७८१ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ।

प्रतिक्रिया दिनुहोस्