जनता आवास कार्यक्रम : डोम समुदायमा बचल्ली « Drishti News – Nepalese News Portal
Logo

जनता आवास कार्यक्रम : डोम समुदायमा बचल्ली


रुपेन्द्र पटेल


रौतहट । नयाँ घर पाउने आशामा भएको घर पनि भत्काइयो । घर नभएपछि अहिले रौतहटको राजदेवी नगरपालिका वडा नम्बर-१ पथरा टोलका डोम समुदाय खुल्ला आकाश मुनि बस्न बाध्य भएका छन् ।

प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत डोम समुदायको घर निमार्ण गरिरहेको छ । तर, तोकिएको समयअवधिमा निमार्ण कार्य सम्पन्न नहुँदा उनीहरूको बिजोग भएको हो ।

गत असार मसान्तसम्ममा निर्माण कार्य सक्नुपर्ने उक्त निमार्ण कार्य अलपत्र परेपछि दलित समुदायमा थप पीडा थपिएको छ । समयमा घर निमार्ण नहुँदा राजदेवी नगरपालिका–१ का सात जनाको परिवार झुपडीमा बस्नुपर्ने बाध्यता छ ।

नयाँ घर पाउने आशामा उनीहरूले गत फागुनमा फुसको घर भत्काएका थिए । तर, अहिलेसम्म पनि उनीहरूको घर निमार्ण हुन सकेको छैन ।
घर निमार्ण नहुँदा पारिवारिक समस्या उत्पन्न भएको स्थानीय इन्दु देवी मलीको गुनासो छ । वर्षाको समय झुपडीमा बस्दा पानी चुहिएर सुत्न पनि नसक्ने उनले बताइन् ।

घर निर्माणको जिम्मा लिएका व्यक्तिले चासो नदेखाएको आफ्नो विचल्लि भएको उनको भनाइ छ । ‘नयाँ घर पाउने आशामा पुरानो घर पनि भत्काइयो, अहिलेसम्म नयाँ घर पनि निमार्ण भएको छैन,’ उनले भनिन्, ‘खाद्यान्न सामग्री, लता–कपडा सबै पानीले भिज्छ ।’

जनता समाजवादी पार्टी नेपालका प्रदेश सांसद बाबुलाल साह कानु अध्यक्ष भएको जनता आवासको कार्यक्रमले गणेश मली, कुश्मी मली, उपेन्द्र मली, रनसिंग मलि, छविला मलि, जगदीश मलि र महावीर मलिको घर आझै बनाउन सकेको छैन । त्यस्तै राजदेवी नगरपालिका वडा नम्बर–७ की गीता देवी मलिको घर अलपत्र अवस्थामा छोडिएको छ ।

राजनीतिक खिचातानीले गर्दा निमार्ण कार्य अलपत्र परेको स्थानीयले टिप्पणी गरेका छन् । गरीबी र अशिक्षाको मारमा रहेका डुम परिवारलाई जनता आवास योजनाले थप पीडा दिइ एको विरेन्द्र मलिले बताए । २२ फिटमा २ वटा कोठा निर्माण गर्न ३ लाख ६० हजार रुपैयाँ बजेट छुट्याइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्