Logo
Logo

प्रशिक्षक राजीनामा प्रकरण : छानविन समितिले बुझायो प्रतिवेदन



काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीको राजीनामा प्रकरणको छानविन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्व समितिले सदस्य सचिव रमेश कुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

दशरथ रंगशालामा बुझाइएको प्रतिवेदन करिब ९० पेपरको भएको छानविन समितिकी सदस्य सूवर्ण श्रेष्ठले जानकारी गराइन् । यसअघि गत साउन १० गते मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई विगत ३ साताबाट तनाव दिरहेको र आफू मुख्य प्रशिक्षकको राजीनामा दिन एन्फा जाँदै गरेको सामाजिक सञ्जालमा खेलेका थिए ।

लगत्तै आरोपित पंकजविक्रमले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध षड्यन्त्र भएको र यसको दोषी रहे बरिष्ठ उपाध्यक्ष पदबाट राजीनामा दिने बताएका थिए ।

घटनाको केही दिनमै एन्फाको बसेको कार्यसमिति बैठकले उच्चस्तरीय छानविन गर्ने भन्दै खेलकुद मन्त्रालयलाई पत्र काटेको थियो ।

समय अभाव भन्दै मन्त्रालयले छानविनको लागि साउन १९ गते राखेपलाई निर्देशन दियो । राखेपले पुरेन्द्रविक्रम संयोजक रहने गरि छानविन गरेको टोलीले पहिलो हप्ता अपुग भन्दै दोस्रो हप्ता समय थप मागेको थियो ।

करिब ३ हप्ता छानविन प्रतिवेदन तयार गरेको समितिले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज, प्रशिक्षक अल्मुताईरीसहित १४ जनालाई बयानको लागि बोलाएको थियो ।

राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको प्रतिवेदनमा अलमुताइरीले व्यवहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्